उपत्यकामा २४६ सहित बुधबार देशभर थपिए ४४५ जना कोरोना संक्रमित

96
Shares

काठमाडौँ, २९ पुस । काठमाडौँ उपत्यकामा २४६ जना सहित देशभर बुधबार थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कुल ४ हजार १५४ जनाको पीसीआर गर्दा ४४५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १८९ जना, भक्तपुरमा १९ र ललितपुरमा ३८ जनामा संक्रमण देखा परेको थियो ।

मन्त्रालयले बुधबार ४१४ जना कोरोनामुक्त भएको समेत जानकारी दिएको छ । यस्तै संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

आजको दिनसम्म देशभर २ लाख ६६ हजार १४३ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये २ लाख ५९ हजार ७७२ जना निको भएका छन् । १ हजार ९३७ जनाले ज्यान गुमाएका छन् । ४ हजार ४३४ जना भने अहिले पनि संक्रमित छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *