होम आइसोलेसनमा बसेका अधिकांश कोरोना संक्रमितको औषधि गुर्जो र बेसार !

220
Shares

काठमाडौँ, २३ पुस । कोरोना संक्रमणमा परि होम आइसोलेसनमा बसेका अधिकांश संक्रमितले औषधिको रुपमा गुर्जो र बेसार प्रयोग गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको होम आइसोलेसनमा रहेका बिरामीको स्वास्थ्यस्थित अध्ययन् प्रतिवेदनबाट यस्तो खुृलासा भएको हो ।

परिषद्ले यस सम्वन्धी प्रतिवेदन विहीबार सार्वजनिक गरेको थियो ।

परिषदका कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीका  अनुसार अध्ययनमा कोरोना संक्रमणमा परेर होम आइसोलेसनमा बसेका ५३६ जना सहभागी थिए । त्यसमा ५७.८ प्रतिशत पुरुष र ४२.२ प्रतिशत महिला थिए ।

‘ती मध्ये ५९.३ प्रतिशतले घरेलु उपचारको रुपमा गुर्जो र बेसार प्रयोग गर्ने गरेको पाइयो,’ डा ज्ञवालीले बताए । उनका अनुसार ५.६ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले एलोपेथिक औषधि प्रयोग गरेका थिए ।

डा ज्ञवालीले ५८.२ प्रतिशतले होम आइसोलेसनमा बस्दा मानसिक रुपमा अशान्ति भएको बताएका थिए । १.२ प्रतिशतलाई कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएको पाइयो ।

यस्तै ९५.९ प्रतिशत संक्रमितलाई परिवारले नै स्याहार गरेको पाइएको थियो । आइसोलेसनमा बसेकामध्ये १२.५ प्रतिशतले सामाजिक दूरी पालना नगरेको बताएका थिए ।

अध्ययनमा सहभागीमध्ये २१.१ प्रतिशतमा दीर्घ तथा संक्रामक रोग जस्तै सुगर, दम र क्षयरोग एचआईभी संक्रमणको समेत समस्या थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *