कोरोना संक्रमण घटेसंगै मिर्गौला प्रत्यारोपण सेवा पुन: प्रारम्भ

फाइल : तस्बिर

काठमाडौँ, २१ पुस । कोरोना महामारीपछि रोकिएको मिर्गौैला प्रत्यारोपण पुन प्रारम्भ भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र ग्राण्डी अस्पतालले मिर्गौला प्रत्यारोपण शुरु गसिसकेका छन् । त्रिवि शिक्षण अस्पताल केही दिन भित्र प्रत्यारोपण सेवा सुरु गर्ने योजनामा रहेको छ ।

प्रत्यारोपण कैन्द्र भक्तपुरका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवालीले आफूकहाँ ढेड महिना अघि देखि नै प्रत्यारोपण शुरु भएको बताए । ‘दशै तिहारको बीच देखि नै हामीले प्रत्यारोपण शुरु गरेका हौं । अहिले सातामा तीन जनाको प्रत्यारोपण गर्ने तालिका बनाएर अघि बढीरहेका छौँ,’ उनले भने । तर कहिलेकाँही योजना अनुसार प्रत्यारोपण कार्य नभएको समेत उनले बताए । ‘तयार गरेको बिरामीमा कहिले कोरोना पोजेटिभ देखिन्छ, कहिले अन्य स्वास्थ्य समस्या आइपर्छ, त्यसैले कहिले काही रोकिने गरेको छ । जस्तो पछिल्लो दुई साता यता तयार गरेको विरामीमा विभिन्न खालका समस्या आएर प्रत्यारोपण स्थगित गर्नुपरेको छ,’ उनले भने ।

यता ग्राण्डीमा पनि प्रत्यारोपण शुरु भइसकेको छ । शनिबार साताको एक दिन प्रत्यारोपण हुने गरेको बताइएको छ । शनिबार हुने प्रत्यारोपणको नेतृत्व उनै डा ज्ञवालीले गर्ने गरेका छन् ।

यता त्रिवि शिक्षण अस्पतालमा अवको दुई साता भित्र प्रत्यारोपण सुचारु गर्ने गरी काम अघि बढाएको त्रिवि आइओएमकी डिन समेत रहेकी प्राडा दिव्यासिंह शाहले बताइन । ‘अव अवस्था सामान्यउन्मुख हुँदै छ । नभए पनि अरु सावधानी अपनाएर सेवा सुचारु गर्नु जरुरी भइसक्यो । हामीले अबको दुई साता भित्रै प्रत्यारोपण सेवा शुरु गर्छौै सायद,’ उनले भनिन् ।

अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले प्रत्यारोपण टिमले २९ पुस देखि प्रत्यारोपण गर्न चाहेको भन्दै अनुमति मागेको बताए । उनले कोरोना सम्बन्धी परीक्षण र आवश्यक सावधानी अपनाएर गर्न सकिने गरी आफूहरुले निर्देशन दिएको समेत उनले सुनाए ।

वीरमा भने ठेगान छैन्
यता वीर अस्पतालले भने कहिले देखि प्रत्यारोपण हुन्छ भनेर भन्न सकेको छैन् । अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भने , ‘कोरोनाको जोखिम पुरा नहटिसकेको अवस्थामा यहि दिनबाट प्रत्यारोपण शुरु गर्छौै भन्न सक्दैनौँ । तर सेवा त शुरु गर्ने भनेको हो ।,’

अस्पतालमा पुरानो टिमका अलावा प्रत्यारोपणमा खारिएका डा पुकारचन्द्र श्रेष्ठ पुनि पुगेका छन् । तर अस्पतालले अहिलेसम्म उनलाई जिम्मेवारी दिएको छैन् । डा श्रेष्ठले अस्पतालले आफूसंग सेवा लिन चाहेको खण्डमा आफू जहिले पनि तयार रहेको भन्दै आएका छन् ।

डा सेच्नुरीले अब विस्तारै नयाँ भवन प्रयोगमा आउन थालेपछि सो सेवाका लागि सहज हुने भन्दै झण्डै सुरु नहुने संकेत गरे ।

नेपालमा बर्षेनी करीव ३० हजार मानिसको मिर्गौला फेल हुने गर्दछ । प्रत्यारोपण भने निकै न्युन हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *