सेक्स र उमेरबीचको सम्वन्ध के हो ? अध्ययनले यस्तो देखायो

एजेन्सी । बृद्धअवस्था र दीर्घजीवन यी दुई चिज कसैको नियन्त्रणमा हुँदैन् । यद्धपी विज्ञानलाई विश्वास गर्ने हो भने अध्ययन, शारीरिक व्यायम र स्वस्थ खानपान जस्ता बानीले जीवनलाई केही बर्ष बढाउन सक्छ । एक स्वस्थ शरीरका लागि यी तीन चिजका अलावा अध्ययनकर्ताहरुले अर्को एक चिज समेत थपेका छन् । त्यो हो सेक्स ।

अनुसन्धानकर्ताहरुहरु भन्छन्, नियमित यौनसम्पर्क (सेक्स) गर्ने व्यक्तिमा गम्भिर बिरामी हुने सम्भावना कम रहन्छ । उनीहरुले नियमित यौन सम्पर्कबाट शारीरिक सन्तुष्टि मात्रै होइन यसले मुड राम्रो बनाउँछ, इम्युन सिस्टम बृद्धि गर्दछ, उच्च रक्तचाप नियन्त्रणमा राख्छ र मुटु रोगबाट समेत बचाउँछ । जसबाट मानिसको आयू बृद्धि गर्न मद्धत गर्दछ ।

न्यु इङल्याण्ड रिसर्च इस्टिच्युटका अनुसन्धानकर्ताहरुले सेक्स र मुटु रोगको बिरामीलाई जोडेर एक अध्ययन गरेका थिए । यो अध्ययनमा ६५ बर्ष भन्दा कम उमेरका १ हजार १२० पुरुष र महिला सहभागी थिए । यो अध्ययन्को नतिजा २२ बर्ष पछि आएको छ । अध्ययनले नियमित सेक्स गर्ने व्यक्तिमा मुटुरोगको खतरा कम हुन्छ ।

अध्ययन नतिजाले यो पनि भनेको छ कि सक्रिय यौन जीवनमा रहेको व्यक्तिमा यदि हृदयघात भइहाल्यो भने पनि त्यसले ज्यानै जाने सम्भावना कम हुन्छ । अध्ययन् अनुसार जो व्यक्ति सातामा एक पटक सेक्स गर्ने गर्दथ्यो, त्यो व्यक्तिमा हृदयघात आइहाले पनि ज्यान जाने सम्भावना २७ प्रतिशत कम पाइयो । र जो व्यक्ति कहिलेकाही सेक्स गर्दथे यस्तो व्यक्तिमा हृदयघात भै हाले ज्यान जाने सम्भावना ८ प्रतिशत कम देखिथ्यो ।

अध्ययनमा सेक्स अघि र पछिको आफ्नो पाटनरसंगको लगावको बारेमा समेत समेत खोजी गरिएको थियो । त्यसमा सातामा एक पटक सेक्स गर्ने व्यक्तिको उमेर ३७ प्रतिशत सम्म बढ्ने बताइएको छ । यो सम्वन्धी अध्ययन भने पहिलो भने होइन । सेक्सको र आयूको सम्वन्धमा केही बर्ष अघि अमेरिकन जर्नल अफ कार्डियोलोजीमा पनि यस्तो अध्ययनको नतिजा प्रकाशित भएको थियो ।

सो अध्ययनमा जो पुरुष कम सेक्स गर्दछ उसमा मुटु रोगको समस्या र यौन उत्तेजना नहुने समस्यासमेत बढदै जान्छ । जो पुरुष सेक्समा सक्रिय हुन्छन उनीहरुमा शारीरिक व्यायम गर्ने क्षमता समेत बढी हुन्छ र शरीर स्वस्थ रहन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *