१२ जना चिकित्सकलाई एक महिना भित्र प्रमाणपत्र सहित उपस्थित हुन काउन्सिलको उर्दी

काठमाडौँ, १० पुस । नेपाल मेडिकल काउन्सिलले १२ जना चिकित्सकलाई एक महिना भित्र प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । झण्डै एक बर्ष अघि देखि नै उनीहरुलाई पत्र तथा टेलिफोन मार्फत सम्पर्कका लागि जानकारी गराएपनि उनीहरु उपस्थित नभएको भन्दै काउन्सिलले यसपटक एक महिनाको समयावधी दिएर सार्वजनिक सूचना निकालेको स्पष्ट पारेको छ ।

उपस्थित हुन बोलाइएका चिकित्सकहरुमा डा पे्रक्षा साह धनुसा, डा रोशनकुमार शाह महोत्तरी, डा शशिकान्त चौधरी पर्सा, डा प्रतिमाकुमार यादव बारा र डा धनंजयकुमार माली पर्सा रहेका छन् ।

यस्तै डा रजनिश खड्का उदयपुर, डा पुस्कर कुमार तिवारी पर्सा, डा विनिता सिंह रौतहट, डा कविता सिंह महोत्तरी, डा सिताराम सिंह कुसवाहा महोत्तरी, डा दिपककुमार शर्मा सिरहा र डा अजयकुमार अस्थाना रौतहट रहेका छन् ।

सूचनामा काउन्सिलले दर्ता किताव दुरुस्त राखी समय समयमा नाम दताृ भएका चिकित्सकहरुको सम्पूर्ण अभिलेख अध्यावधिक गर्ने काम सम्पन गर्नु पर्ने भएकोले उनीहरुलाई सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु , नागरिकता र काउन्सिलबाट प्रदान गरिएको प्रमाणपत्रहरुको सक्कलै प्रमाणपत्र सहित ३० दिन भित्र उपस्थित हुन भनिएको छ ।

तोकिएको समयमा उपस्थित नभएमा नियमानुसार कारवाही अघि बढाउने काउन्सिलले चेतावनी दिएको छ ।

काउन्सिल स्रोतका अनुसार कतिपय चिकित्सकहरुको नागरिकतामा समस्या देखिएको छ । ‘पढनु अघि नेपाली नागरिकता, पढ्दा विदेशी नागरिकता, पढि सकेपछि पुन नेपाली नागरिकता जस्तो देखिन आएको छ । यसले कन्फ्युज बनायो । त्यसैले प्रमाणसहित बोलाइएको हो,’ स्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *