काठमाडौँ उपत्यकामा ३१८ सहित देशभर थप ७४३ जनामा कोरोना संक्रमण


काठमाडौँ, ८ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ३१८ सहित देशभर थप ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ९ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २५० ललितपुरमा ३४र भक्तपुरमा ३४ जना गरी थप ३१८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ५ सय ५९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७ सय ४३ जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ८०३ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ९० हजार ७४० पीसीआर नमुना परीक्षण भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *