‘कोभिड – १९ बिरुद्धको खोप मैले पनि लगाएँ’

डा. अशोक भट्टराई

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी संक्रमण हुने र ज्यान गुमाउने देशहरुको सूचीमा अमेरिका पहिलो नम्बरमा छ ।

त्यसो त यहाँ पहिले देखि नै परीक्षणलाई व्यापक बनाइयो, संक्रमित पनि उत्तिकै भेटियो र यसबाट मृत्यु हुने क्रम पनि उसैगरी बढ्दै गयो ।

अझ विन्टर सिजन सुरु भएपछि अर्थात नोभेम्बर डिसेम्बरमा झन् कोरोनाको असर झन् देखिएको छ ।

म ओहायो राज्यको द ओहायो स्टेट युनिभर्सिटी वेक्सिनेर मेडिकल सेन्टरमा विगत डेढ वर्ष देखि इमरजेन्सी मेडिसिनमा स्पेशालाइजेसन अर्थात रेजिडेन्सी गर्दैछु ।

आकस्मिक कक्षमा रहेर काम गर्नुपर्ने भएकोले कोरोनाको जोखिमयुक्त समूहमा हामी पहिलो नम्बरमै पर्दछौँ ।

अमेरिकामामा संक्रमण बढ्दै जाँदा जोखिम उत्तिकै बढ्यो । यसले हामी जस्तो फ्रन्टलाइन हेल्थ वर्करलाई लाई निकै चिन्तित बनाउथ्यो । तर हामीले त्यसका लागि प्रोटेक्टिभ मेजर्स (सुरक्षात्मक उपाय)हरु अपनाइरहेका हुन्थ्यौँ ।

हामीकहाँ पनि अस्पतालले कोभिड युनिट छुट्टै राखेको छ । आकस्मिक कक्षमा आउने साधारण विरामीहरु जो संग कोभिड १९ को लक्षण छैन् उनीहरुलाई हेर्दा सर्जिकल मास्क र फेस सिल्ड को प्रयोग गर्ने हो । तर कोभिडकै लक्षण भएको बिरामी छ भने उसलाई हेर्न जाँदा पीपीई लगाएरै जान्छौँ ।

तर यसबीचमा हाम्रा केही साथीहरु संक्रमणमा पनि परे, तर म भने संयोगले अहिलेसम्म जोखिएको छु ।

कोभिड – १९ बिरुद्ध खोप लगाएँ
गतहप्ता अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले  कोभिड – १९ संक्रमणविरुद्ध आकस्मिक प्रयोगका लागि भनेर फाइजर बायोएनटेकको खोपलाई अनुमति दियो ।

त्यसपछि ढिलो नगरी विभिन्न राज्यहरुले प्राथमिकता निर्धारण गरी खोप लगाउन शुरु गरे । म रहेको राज्य ओहायोले पनि पहिलो चरणमा जोखिमयुक्त समूहको प्राथमिकता निर्धारण अग्रपंक्तिमा खटिने चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई शुरुवाती चरणमा खोप दिने निर्णय गरयो । सोही अनुसार हिजो मैले पनि खोप लिएँ ।

कोरोना विरुद्धको यो खोप दुई चरणमा लिनु पर्दछ । मैले हिजो पहिलो डोज खोप लिएँ, अब अर्को डोज तीन साता पछि लगाउनुपर्छ ।

खोपको बारेमा कुरा गर्नु पर्दा कम्पनीले यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताएको छ । आशा गरौँ कम्पनीको दावी जस्तै गरी यसले काम गरोस ।

धेरैको जिज्ञासा खोप लगाएपछि अब कोरोना लाग्दैन् भन्ने पाइन्छ । खास के हो भने खोप लगाएपछि कोरोना लागे नै पनि त्यसका लक्षण देखिए पनि त्यसले ठूलो असर गर्दैन् । अर्थात अहिले जसरी क्षति पुगेको छ । खोप लगाएको व्यक्तिलाई इम्युन सिस्टम डेभलप गरी सहज रुपमा निको हुन्छ भन्ने हो ।

मैले शुक्रबार(हिजो) कोभिड १९ विरुद्धको खोप लिएँ । अरु खोप जस्तै सामान्य रुपमा दाँया पाखुरामा खोप लगाइयो । लगाउँदा खासै अनौठो लागेन र तर मनमा थप उर्जा भयो । कोभिड – १९ विरुद्धको लडाइमा हामी अब अलि सुरक्षित भयौँ भन्ने लाग्यो । तर त्यसको नतिजा अहिल्यै भनि हाल्ने अवस्था छैन् । केही हप्ता महिना दिन पछि देखिदै जानेछ ।

आसा गरौँ अब हामी कोभिडबाट विस्तारैँ सुरक्षित हुँदैछौँ । हामी मात्रै होइन । अब सारा विश्व, अझ त्यसमा पनि मेरो प्यारो देश नेपाल समेत सुरक्षित होस् त्यसका लागि छिटै कोभिड विरुद्धको खोप उपलव्ध होस् भन्ने कामना गर्दछु ।

(कुराकानीमा आधारित)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *