काठमाडौँ उपत्यकामा २८७ सहित देशभर थप ७८२ जनामा कोरोना संक्रमण

116
Shares


काठमाडौँ, ३ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा २८७ सहित देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप १ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २०२, ललितपुरमा ७६ र भक्तपुरमा ९ जना गरी थप २८७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ७०६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७ सय ८२ जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ६५ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ६१ हजार ४३० पीसीआर नमुना परीक्षण भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *