कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १७४९ पुग्यो

52
Shares

काठमाडौँ, २ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा ६ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा देशभर थप ७७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ९४७ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २८१ र भेन्टीलेटरमा ५९ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *