कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १७४९ पुग्यो

काठमाडौँ, २ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा ६ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा देशभर थप ७७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ९४७ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २८१ र भेन्टीलेटरमा ५९ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *