‘स्वास्थ्यमा सर्वव्यापी पहुँचका तीनवटै आयामलाई अघि बढाईंदै छ’

काठमाडौँ, २७ मंसिर ।  सरकारले विश्वव्यापी रुपमा परिभाषित एवं मान्यताप्राप्त स्वास्थ्यमा सर्बव्यापी पहुँचका तीनवटै आयामहरुलाई एकीकृत रुपमा विकास गरी प्रभावकारी रुपमा व्यवस्थापन गर्दै गएको बताएको छ ।

विश्व स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस अर्थात ‘युनिर्भसल हेल्थ कभरेज डे’ को अवसरमा सो स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाद्धारा जारी विज्ञप्तीमा उसले आधारभुत स्वास्थ्य सेवा निशुल्क पाउने, आकस्मिक उपचार सेवा सबैलाई उपलव्ध हुने र आफ्नो स्वास्थ्य समस्याको गुणस्तरीयउपचार सेवा पाउने मौलिक हकलाई सुनिश्चित गर्न नीतिगत रुपमा कानूनी व्यवस्था मार्फत रणनीतिक कार्ययोजना अनुसार काम गर्दै आएको उल्लेख गरेको छ ।

महाशाखाका निर्देशक डा तारानाथ पोखरेलद्धारा जारी विज्ञप्तीमा सबै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुरयाउन अहिले स्थानीय तहका सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने न्युनतम एक वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सबै स्थानीय तहमा आधारभूत तथा अस्पताल सेवा उपलव्ध गराउने अस्पताल, सातवटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल, ७७ वटै जिल्लामा प्रभावकारी रुपमा स्वास्थ्य बीमा कार्यक्रमको विस्तार गरिएको उल्लेख छ ।

यस्तै विपन्न नागरिकको लागि कडा खालका नसर्ने रोगहरुको उपचार कार्यक्रम लगायत विशेषज्ञ एवं विशिष्टिकृत सेवाहरुको विकास र विस्तार सेवा नपुगेका दुर दराजमा रहेका ठाँउहरुमा टेलिमेडिसिन जस्ता प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवा उपलव्ध गराउन चरणवद्ध कार्यक्रमहरु सञ्चालन गर्दै आएको समेत उल्लेख छ ।

यस्तै मन्त्रालयले यसैबर्ष देखि स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई परिभाषित एवं रुपरेखा मार्गचित्र तयार गरी सो अनुसारका रणनीतिक कार्ययोजना अघि बढाउन लागेको समेत उल्लेख गरिएको छ ।

हरेक बर्ष १२ डिसेम्बरका दिन संसारभर युनिभर्सल हेल्थ कभरेज डे मनाइने गरिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *