‘चिकित्सकहरूलाई हाम्रो समाजबारे पनि पढाउनु पर्ने देखियो’

काठमाडौँ, २५ मंसिर ।   स्वास्थ्य सचिव लक्ष्मण अर्यालले प्राविधिक क्षेत्रमा दक्ष चिकित्सकहरुलाई अब सामाजिक र भौगोलिक क्षेत्रका बारेमा पनि पढाउनु पर्ने बताएका छन ।

छात्रबत्तिमा अध्ययन पुरा गरी कवुलियत अनुसार खटाएका ठाँउमा नगएका चिकित्सकलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

‘चिकित्सा शिक्षा अध्ययनका लागि राज्यले उहाँ (चिकित्सक)हरुलाई धेरै ठूलो लगानी गरेको छ । तर अध्ययन पुरा गरेपछि खटाएको ठाँउमा जान नखोज्ने, नमान्ने चलन पनि रहेछ । अहिले मैले त्यो देखिरहेको छु । त्यसैले उहाँहरुलाई समाज कस्तो छ ? उहाँहरुको जस्ताको दायित्व के हो ? राज्यले गरेको लगानीप्रति उहाँहरुको पनि दायित्व हुन्छ कि हुँदैन् ? त्यो खोज्ने बेला आएको छ । म त भन्छु उहाँहरुलाई त्यो बारेमा पनि पढाउनु पर्ने देखिएको छ,’आजदेखि शुरु भएको राष्ट्रिय स्वास्थय समीक्षा बैठकमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट राखिएका प्रस्तुतिहरुको कमेन्ट गर्ने क्रममा सचिव अर्यालले भने ।

त्यसो त छात्रबृत्तिमा पढेका चिकित्सकहरु कबुलियत अनुसार खटाएको ठाँउमा नगएपछि स्वास्थ्य मन्त्रालयले पाँच दिनको समयसिमा तोकि तत्काल नगए लगानी असुलउपर गर्ने सम्मको कारवाही प्रक्रिया अघि बढाउने सूचना जारी गरिसकेको छ ।

पछिल्लो समय कतिपय चिकित्सकहरु छात्रबृत्तिमा अध्ययन पुरा गरेपछि आफ्नो हिसावले शहरमै बस्ने वा विदेश जाने पलायन हुने क्रम बढेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *