अर्को साता देखि रुसले पनि कोरोना बिरुद्धको खोप सुरु गर्दै

436
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । रुसी सञ्चारमाध्यमरुले रसिया टुडे र स्पुटनिकले राष्ट्रपति पुटिनले बुधबार अर्को सातादेखि एकै पटक ठूलो संख्यामा खोप अभियान (मास भ्याक्सिनेसन) सुरु गर्न निर्देशन दिएको उल्लेख गरेका छन् ।

बुधबार मात्रै बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको थियो । बेलायतको खबर सार्वजनिक भएको केही घण्टा लगत्तै रुसको खबर सार्वजनिक भएको हो ।

रसिया टुडेका अनुसार पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई खोप दिइनेछ ।

रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप लगाउनका लागि आफूहरु तयारी अवस्था रहेको बताइएको छ । र यो आम सर्वसाधारणका लागि निशुल्क उपलव्ध हुने समेत जनाइएको छ ।

रुस कोरोना विरुद्धको खोप दर्ता गराउने विश्वकै पहिलो राष्ट्र बनेको थियो । गत अगस्त महिनामा दर्ता भएको सो खोपको नाम स्पुटनिक -भि रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *