काठमाडौँ उपत्यकामा थप ५४८ जनामा कोरोना संक्रमण

- नेपाली हेल्थ


काठमाडौँ, १४ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ४ सय ४ जना डिस्चार्ज भएका छन्। थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


Facebook Comment


थप समाचार