बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु


धरान, १४ मंसिर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको आइतबार विहान २ बजेर ५० मा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *