विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७३.३ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १३ मंसिर । नेपाल मेडिकल काउन्सिलले चिकित्सातर्फ पोष्ट ग्राजुएट्स (पीजी) तह अध्ययन पुरा गरेका चिकित्च्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । शुक्रबार र शनिबार गरी पाँच चरणमा सम्पन्न यो परीक्षामा ७३.३ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले परीक्षामा कुल ८३९ जना सहभागी भएकामध्ये ६१५ जना उत्तीर्ण भएको बताए । उनले परीक्षामा २२४ जना फेल, ४ जना गयल र १ जनाको नतिजा स्थगित गरिएको जानकारी दिए ।

कोरोना महामारी शुरु भएयताको यो पहिलो विशेष परीक्षा हो । काउन्सिलले पहिलो पटक कम्प्युटरमा आधारित रहेर परीक्षा सञ्चालन गरेको थियो ।

त्यसका लागि पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानसंग सम्झौँता गरी परीक्षा हलको व्यवस्था मिलाएको थियो । परीक्षामा कुल ४५ वटा विषयका विशेषज्ञ चिकित्सकहरुले सहभागिता जनाएका थिए ।

नतिजा हेर्न यहाँ क्लिकि गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *