काठमाडौँ उपत्यकामा थप ८२२ जनामा कोरोना संक्रमण

100
Shares

काठमाडौँ, १२ मंसिर । काठमाडौँ उपत्यकामा शुक्रबार थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ४४३ जना पुरुष र ३७९ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ५९९ जना, ललितपुरमा १६० जना र भक्तपुरमा ६३ जना गरी कुल ८२२ जना थपिएका हुन् ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमित संख्याको ४८ प्रतिशत हो । पछिल्लो चौविस घण्टामा १० हजार ४६० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७०३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यहि अवधीमा १ हजार २३६ जना कोरोना मुक्त भएको र २३ जनाको ज्यान गएको मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *