कोरोना संक्रमित बाग्मतीका मन्त्रीको टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौँ, १० मंसिर । पाँच दिन अघि कोरोना संक्रमणमा परेका वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हिजो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिए । सोमबारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महसुस भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडाँ ल्याइएको हो ।

टेकु अस्पतालका प्रवक्ता एवं कोरोना फोकल पर्सन डा अनुप बास्तोलाले लामाको उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए । ‘हिजोबाट उपचारमा हुनुहुन्छ । अहिले अवस्था सामान्य छ,’ उनले भने ।

कोरोना अघि ओझेल परेको यो अस्पताल यतिवेला भने आम सर्वसाधारण देखि उच्चपदस्थ व्यक्तिहरुको पहिलो रोजाईमा पर्ने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *