पीसीआर जाँच गर्ने ४ वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने चारवटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । तोकिएको समयसम्म परीक्षण गरिएका नमूना भण्डारण गरी राख्नपर्ने व्यवस्थाको पालना नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

त्यसरी स्पष्टीकरण सोधिएकामा सेन्टर डायग्नोस्टिक ल्यावरोटरी, सुर्या हेल्थ केयर, ह्याम्स अस्पताल र स्टार अस्पताल प्रयोगशाला रहेका छन् । मन्त्रालयको गत ३१ भदौ निर्णय अनुसार पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएको नमूना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरी राख्नुपर्ने थियो । ‘त्यो पालना भएको पाइएन त्यसैले स्पष्टीकरण सोधियो,’ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने ।

यसअघि यहाँका प्रयोगशालाबाट पीसीआर परीक्षण गराई नेटेटिभ रिपोर्टका साथ नेपाल एयरलायन्सको विमानबाट जापानको नारिता, हंङकङ र दुवई गएका यात्रुहरुको त्यहाँ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि गडबडी सुरु भएको थियो ।

ती देशहरुले उडान अनुमति नै रद्ध गर्न थालेपछि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले स्वास्थ्यलाई चिठी लेखि आवश्यक छानवीन गर्न भनेको थियो । मन्त्रालयले त्यसको समेत छानवीन गरेको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *