स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणबाट निधन

स्व. गौरीशंकर देव

काठमाडौँ, ७ मंसिर । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणबाट निधन भएको छ । बिराटनगरस्थित नोवेल अस्पतालमा उपचारका शनिबार राती १० : ४० बजे उनको निधन भएको हो ।

सप्तरीको राजविराज घर भएका ५४ बर्षीय देव पछिल्लो समय सिराहास्थित कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत थिए । जनस्वास्थ्य अधिकृत उनले सरकारी स्वास्थ्य सेवामा ३० बर्ष सेवा गरिसकेका थिए ।

युनियनका अध्यक्ष उज्वलकुमार शर्माले स्वास्थ्यमा समस्या भएपछि देवलाई १७ दिन अघि नोवेल अस्पताल लगिएको बताए । ‘जाँदा जाँदै आईसीयूमा राखियो । तीन दिनपछि भेन्टिलेटरमा सारियो । तर दुई दिन अघि भने उहाँलाई पुन आइसीयूमा सारिएको थियो,’ शर्माले भने ।

उनले नोवेलमै पुगेपछि कोरोना परीक्षण गरिएको कोरोना पुष्टि भएकाले उनी अस्पताल ढिला पुगेको हो कि भन्ने आफूलाई लागेको समेत शर्माले बताए ।

देवको निधनले स्वास्थ्य क्षेत्रका एक अनुभवी हस्ति गुमाएको भन्दै दुख व्यक्त गरे ।

देवको परिवारमा बाबु आमा श्रीमती, छोरा छोरी रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *