काठमाडौँ उपत्यकामा थप १०३८ जनामा कोरोना संक्रमण
काठमाडौँ, ३ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८२२ जना, ललितपुरमा १६८ जना र भक्तपुरमा ४८ जना गरी १ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज उपत्यकामा देखिएको संक्रमितको संख्या देशभर आज देखिएको कुल संक्रमित संख्याको ७२ प्रतिशत हो ।
मन्त्रालयका अनुसार आज देशभर ६ हजार ७३१ जनाको पीसीआर परीक्षण गर्दा कुल १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो अवधीमा थप ३ हजार ५३८ जना कोरोनाबाट निको भएका छन् । १२ जनाको ज्यान गएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



