काठमाडौँ उपत्यकामा थप १०३८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३ मंसिर । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८२२ जना, ललितपुरमा १६८ जना र भक्तपुरमा ४८ जना गरी १ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज उपत्यकामा देखिएको संक्रमितको संख्या देशभर आज देखिएको कुल संक्रमित संख्याको ७२ प्रतिशत हो ।

मन्त्रालयका अनुसार आज देशभर ६ हजार ७३१ जनाको पीसीआर परीक्षण गर्दा कुल १ हजार ४४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो अवधीमा थप ३ हजार ५३८ जना कोरोनाबाट निको भएका छन् । १२ जनाको ज्यान गएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *