केडीसी अस्पतालमा पीसीआर परीक्षण शुरु

काठमाडौँ, ३० कात्तिक । बसुन्धरास्थित केसीडी अस्पतालले कोभिड -१९ परीक्षणका लागि पीसीआर प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएको छ । अस्पतालले शनिबार देखि प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

‘पहिले हामी स्टाफहरुको परीक्षण गरी सेवा शुभारम्भ गरेका छौँ,’ प्रयोगशाला प्रमुख डा. रन्जित साहले बताए । उनले संक्रमणको महामारीको अवस्थामा अस्पतालभित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

केडीसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सम्झौँता गरी गत १६ भदौ देखि २०० बेडको कोभिड १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । उसले १२ वटा आईसीयू, ६ वेड हाई डिपेन्डेन्सी युनिट र त्यति नै बेड भेन्टिलेटर समेत सञ्चालनमा ल्याएको छ ।

कोभिड अस्पताल भए पनि पीसीआर परिक्षण गर्ने ल्याब नहुदा बिरामीलाई धेरै समस्या भएको भन्दै अब उपचारमा थप सहज हुने डा. साहको भनाई छ । उनले हरेक दिन सात देखि आठ सय जनाको परीक्षण गर्न सकिने जानकारी दिए । स्वाब दिएको ६ घण्टामा नै रिपोर्ट आउने समेत जानकारी दिए ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले कोभिड महामारीविरुद्ध लड्न तथा आम नागरिकलाई स्वास्थ्य सेवा उपलव्ध गराउने उद्धेश्यले कोभिड -१९ स्वास्थ्य सेवा उपलव्ध गराएको अस्पतालले परीक्षणलाई थप सहयोग गर्न प्रयोगशाला स्थापना गरिएको बताए । उनले प्रयोगशालामा सरकारले तोकेको दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न सकिने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *