डा. केसीले भने, ‘मेरो उपचार खर्च म आफै बेहोर्छु’

184
Shares

काठमाडौँ, २९ कात्तिक । कोरोना संक्रमणमा परी त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो उपचार खर्च सरकारले बेहोरिदिने बताएपछि डा केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका हुन् ।

डा केसीले शनिबार विज्ञप्ती जारी गर्दै आफ्नो स्वास्थ्य लाभको कामना गरेको प्रति प्रधानमन्त्री धन्यवाद दिदै सरकारले आफनो नागरिक प्रतिको कर्तव्य पुरा गर्न सुझाव दिएका छन् ।

डा केसीले कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निशुल्क उपचार आवश्यक छ अहिलेसम्म नपाएको भन्दै सरकारलाई व्यक्ति विशेषमा भन्दा विपन्न को उपचार खर्च वेहोर्न केन्द्रीत हुनुपर्ने बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *