पछिल्लो २४ घण्टामा २७३६ जना संक्रमित थपिए, ८५३ जना निको भए

164
Shares


काठमाडौँ, २५ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस(कोभिड -१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ९ सय ६० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ७ सय ३६ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ८ सय ५३ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *