काठमाडौँ उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण


काठमाडौँ, २२ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  थपिएकामा ६२४ जना महिला र ८८७ जना पुरुष रहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १ सय ४१ जना गरी उपत्यकामा कुल १ हजार ५  सय १२ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज देशभर २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

आजै डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ६ रहेको छ । कोरोनाबाट पछिल्लो चौविस घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *