काठमाडौँ उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण

काठमाडौँ, २२ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएकामा ६२४ जना महिला र ८८७ जना पुरुष रहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १ सय ४१ जना गरी उपत्यकामा कुल १ हजार ५ सय १२ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज देशभर २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
आजै डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ६ रहेको छ । कोरोनाबाट पछिल्लो चौविस घण्टामा थप १७ जनाको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



