थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो

- नेपाली हेल्थ

काठमाडौँ, २२ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप २ हजार २ सय ६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । त्यसैगरी आइसीयूमा ३६५ र ७६ जना भेन्टीलेटरमा उपचाररत छन् ।


Facebook Comment


थप समाचार