स्वास्थ्य बीमा बोर्डको लागि अस्थायी कर्मचारी दरवन्दी संरचना स्वीकृत

काठमाडौँ, २१ कात्तिक । सरकारले स्वास्थ्य बीमा बोर्डका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी सम्वन्धी संरचना स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य बीमा बोर्डका लागि आवश्यक अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

त्यसअघि स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशक देखि कार्यालय सहयोगी सम्मको विभिन्न पदको लागि ४७२ वटा दरबन्दीका लागि प्रस्ताव तयार गरेर स्वास्थ्य मन्त्रालयमा पठाएको निर्देशक डा राधिका थपलियाले बताइन । स्वास्थ्यले अर्थ र कानूनको राय पछि मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पेश गरेको हो ।

‘वीमा बोर्डको अस्थायी दरबन्दी स्वीकृति भएको छ । अब स्थायी कर्मचारीलाई सो दरबन्दीमा खटाउने वा करारमा लिने भन्ने बारेमा बाटो खुलेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

यसअघि वीमा बोर्डमा विभिन्न पदमा दुई सयको हाराहारीमा अस्थायी दरबन्दी पदमा कर्मचारी कार्यरत थिए । अहिले थपिएको अस्थायी दरबन्दी पहिलेको सहित भएको बताइएको छ ।

बिहीबारकै बैठकले वोर्डका नयाँ कार्यकारी निर्देशकमा सुदर्शन पौडेललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *