काठमाडौँ उपत्यकामा थप १३९८ जनामा कोरोना संक्रमण

168
Shares

काठमाडौँ, २० कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेर अघि सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको कोरोना अपडेटमा उपत्यकाका तीन जिल्लामा थप १ हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको पाइएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँमा आज थप १ हजार ९१ जना, भक्तपुरमा १४७ जना र ललितपुरमा १६० जना थपिएका छन् । उपत्यकामा आज थपिएको संक्रमितको संख्या देशभर आज थपिएको संक्रमित संख्याको ४६ प्रतिशत हो । आज देशभर ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै आजै थप ३ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौविस घण्टामा १३ हजार ६८ जनाको पीसीआर गरेको बताएको छ । सोही अवधीमा कोरोना संक्रमित १८ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *