काठमाडौँ उपत्यकामा थप १३९८ जनामा कोरोना संक्रमण

काठमाडौँ, २० कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेर अघि सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको कोरोना अपडेटमा उपत्यकाका तीन जिल्लामा थप १ हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको पाइएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँमा आज थप १ हजार ९१ जना, भक्तपुरमा १४७ जना र ललितपुरमा १६० जना थपिएका छन् । उपत्यकामा आज थपिएको संक्रमितको संख्या देशभर आज थपिएको संक्रमित संख्याको ४६ प्रतिशत हो । आज देशभर ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै आजै थप ३ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौविस घण्टामा १३ हजार ६८ जनाको पीसीआर गरेको बताएको छ । सोही अवधीमा कोरोना संक्रमित १८ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *