विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस सेल्फ क्वारेन्टिनमा

जेनेभा, १७ कात्तिक ।  विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस् सेल्फ क्वारेन्टिनमा बसेका छन् । आफूसंग सम्पर्कमा रहेका एक जना व्यक्तिमा कोरोना सक्रमण देखिएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

महानिर्देशक घेब्रेयससले सोमबार विहान ट्वीट गर्दै आफू कन्ट्याक्ट ट्रेसिङमा परेको र डव्लुएचओको प्रोटोकल अनुसार सेल्फ क्वारेन्टिनमा बसेको बताए ।

‘म ठिक छु, कुनै लक्षण छैन् तर डव्लुएचओको प्रोटोकल अनुसार क्वारेन्टिनमा बसेको हुँ । र अहिले घरबाटै काम गरिहनेछु,’ ट्वीटमा उनले भनेका छन् ।

उनले आफू भाइरस संक्रमणको श्रृङखला तोडनका लागि पनि क्वारेन्टिनमा रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *