स्वास्थ्य बीमा बोर्डमा तीन जना सदस्य मनोनित

काठमाडौँ, १६ कात्तिक ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य स्वास्थ्य वीमा बोर्डको रिक्त सदस्य पदमा तीन जना महिला मनोनित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज आज मन्त्रीस्तरीय निर्णय गर्दै तीन जनालाई सदस्य पदमा मनोनित गरेका हुन् ।

मनोनित हुनेहरुमा डा तारा शाह सप्तरी, इन्द्रकला राई सुनसरी र टीका चापागाईँ मोरङ रहेका छन् । उनीहरुको पदावधी चार बर्षको हुनेछ ।

यसअघि मन्त्री ढकालले बोर्डको सदस्य पदमा डा सुरेश तिवारी र चन्द्र थापालाई मनोनित गरिसकेका छन् । अध्यक्ष पदमा भने पूर्व सचिव डा सेनेन्द्रराज उप्रेतीलाई मनोनित गरिएको छ ।

आजको नियुक्ति पछि बोर्डमा रिक्त सबै सदस्यहरुको पदपूर्ति पुरा भएको छ ।

गत असारमा बोर्डका अध्यक्ष, सदस्यहरु तथा कार्यकारी निर्देशक सहित पुरानो टिमले राजिनामा दिएका थिए । अब बीमा बोर्डमा कार्यकारी निर्देशक मात्रै नियुक्त हुन बाँकी रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *