ताइवानमा २०० दिनदेखि कोरोनाका आन्तरिक सङ्क्रमित छैनन्

ताइपेइ, १५ कात्तिक । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या शून्य रहेको छ ।  विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै सङ्क्रमित भेटिएका थिए ।

त्यसैगरी कोरोनाभाइरसका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै मृत्यु भएको छ । ताइवानमा झण्डै दुइ करोड तीस लाख जनसंख्या रहेको छ ।

ताइवानमा सबैभन्दा पछिल्लो सङ्क्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् ।कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सफल देशको रुपमा ताइवानलाई लिन थालिएको छ ।

चिकित्सा सम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दावी गरे ।

प्रतिवेदनहरुका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक बृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि रहेको छ ।

महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएकाले संक्रमण फैलिन नपाएको उनको भनाई छ । यस्तो व्यवस्था जनवरीमै लागु गरिएको थियो । साथै ताइवानले शुरुदेखि नै सीमा नाकामा पनि कडाइ गरेको थियो ।

ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ट्राकिङ गरिएको र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागु गरिएको छ । रासस /एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *