सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिमा दुई सदस्य मनोनित

 काठमाडौँ, १४ कात्तिक । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिमा रिक्त सदस्य पदमा दुई जना मनोनित भएका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विहीबार मन्त्रीस्तरीय निर्णय गर्दै रिक्त सदस्य पदमा दुई जनालाई मनोनयन गरेका हुन् ।

समितिका सदस्य सचिव मानवहादुर बस्नेतका अनुसार मनोनित हुनेहरुमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक एवं क्यान्सर रोग विशेषज्ञ डा देजकुमार गौतम र वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेल रहेका छन् । डा पौडेले यसअघि पनि सो समितिका सदस्य थिए । मनोनित दुबै जना सदस्यहरुको पदावधी दुई बर्ष छ ।

यो समितिमा स्वास्थ्य मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक उपाध्यक्ष रहने व्यवस्था छ ।

समितिको सदस्यहरुमा क्यान्सर फोक्सो वा मुटु सम्वन्धी रोगको रोकथाम वा उपचारमा सम्लग्न सरकारी स्वास्थ्य संस्थाका व्यक्तिहरुमध्येबाट एक जना, धूमपान तथा सूर्ति सेवनको नियन्त्रण गर्ने उद्धेश्यले स्थापित गैर सरकारी संस्था तथा निजी क्षेत्रको स्वास्थ्य संस्थामा काम गरेका व्यक्तिहरुमध्येबाट एक जना महिला सहित मन्त्रालयले मनोनित गरेको दुई जना, सामाजिक क्षेत्रमा काम गरेका व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनित गरेको एक जना रहने व्यवस्था छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानून अधिकृत सदस्यसचिव रहने व्यवस्था छ ।

यो समितिले स्वास्थ्य करकोष समेत सञ्चालन गर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *