बुधबार देशभर थप १९५४ जनामा कोरोना संक्रमण, २९८१ जना कोरोनामुक्त

176
Shares

काठमाडौँ, १२ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार २४८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ९५४ जनाको पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९८१ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । चौबिस घण्टमा थप ११ जनाको मृत्यु भएको छ ।भने हालसम्म मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *