काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

220
Shares

काठमाडौं ३ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकमा थप २ हजार ३८८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा २ हजार ८ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जना गरी कुल २ हजार ३८८ जनामा कोरोना देखिएको हो ।

आज उपत्यकामा देखिएको संक्रमित देशभर आज देखिएको कुल संक्रमितको ६३ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज देशभर थप ३ हजार ७९० जनामा कोरोना संक्रमण देखिएको बताए । उनले पछिल्लो चौविस घण्टामा १५ हजार ७२४ जनाको पीसीआर गरिएको जानकारी दिए । उनले आज २ हजार ३३५ जना कोरोना मुक्त भएको समेत बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *