गाउँपालिकामा चिकित्सक राखेर स्वास्थ्य सेवा शुरु

184
Shares


डोटी, ३ कात्तिक । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ ।

गाउँपालिकाको केन्द्र रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा अंकित रेग्मीलाई नियुक्त गरेको हो । स्थानीय तहमा चिकित्सक राख्ने पूर्वीचौकी गाउँपालिका दास्रो स्थानीय तह भएको स्थानीयवासी चक्रबहादुर कठायतले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बिरामीको सङ्ख्या अधिक हुने र सामान्य उपचारका लागि पनि घण्टौँ टाढा सिलगढी तथा जिल्ला बाहिर बिरामीले जाँच गर्न जानुपर्ने बाध्यता भएका कारण बिरामीको सहजताका लागि मासिक रु एक लाख तलवमा चिकित्सकको व्यवस्था गरिएकोे बताए ।

गाउँपालिका स्वास्थ्य संयोजक राजु खड्काले नयाँ सेवा दिन थालेपछि अहिले सानागाउँ स्वास्थ्यचौकीमा उपचारका लागि आउने स्थानीयवासीको निकै भीड लाग्न थालेको बताए ।

स्वास्थ्यचौकीमा विभिन्न पदमा कार्यरत आठ कर्मचारी छन् । बिरामीको उपचारका लागि हाल हस्पिटल बेडको व्यवस्था नभएकाले भर्ना गरी उपचार गर्न कठिनाइ रहेकोमा चाँडै १० शैय्याको भवन निर्माण कार्य शुरु गर्ने गरी नेपाल सरकारबाट रु ८५ लाख रकम विनियोजन भएको छ ।     रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *