काठमाडौँ उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण

100
Shares

काठमाडौँ, २ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यका थप १ हजार ६९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा १ हजार ४६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १३० जना गरी १ हजार ६९८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमितको ५८ प्रतिशत हो ।

पछिल्लो चौविस घण्टामा देशभर १४ हजार ८७५ जनाको पीसीआर गरिएको थियो । त्यसमध्ये २ हजार ९४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आज देशभर २ हजार ३२६ जना डिस्चार्ज भएका छन् । यो सगै देशमा कोरोनाको संक्रीय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *