काठमाडौँ उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण

काठमाडौँ, २ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यका थप १ हजार ६९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा १ हजार ४६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १३० जना गरी १ हजार ६९८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर देखिएको कुल संक्रमितको ५८ प्रतिशत हो ।

पछिल्लो चौविस घण्टामा देशभर १४ हजार ८७५ जनाको पीसीआर गरिएको थियो । त्यसमध्ये २ हजार ९४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

आज देशभर २ हजार ३२६ जना डिस्चार्ज भएका छन् । यो सगै देशमा कोरोनाको संक्रीय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *