स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौट प्रक्रिया : लोकसेवाद्धारा तीन जनाको नाम सिफारिस

काठमाडौँ, २ कात्तिक । लोकसेवा आयोगले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तीन जनाको नाम सिफारिस गरेको छ । भदौको अन्तिम साता लिएको लिखित मौखिक तथा अन्तरवार्ताबाट आयोगले उत्कृष्ठ ठहरिएका तीन जनाको नाम सिफारिस गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार आयोगले एक नम्बरमा डा दामोदर बसौला, दुई नम्बरमा डा कृष्णप्रसाद अधिकारी र तेस्रो नम्बरमा सुदर्शन पौडेलको नाम सिफारिस गरेको हो । अब सरकारले यिनै तीन जनामध्येबाट एक जनालाई कार्यकारी निर्देशक पदमा छनौट गर्नेछ ।

यसअघि रिक्त रहेको कार्याकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्न लोकसेवा आयोग अध्यक्षको सिफारिसमा तीन जनाको छनौट समिति बनाइएको थियो ।

सो समितिले गत २७ भदौमा १५ दिनको अवधी दिएर दरखास्त आव्हान गरेको थियो । सो अवधीमा यी तीन जना सहित डा पुष्पमणि खराल, सुकल्याण पराजुली, प्रकाशराज पन्त, प्रा गुञ्जबहादुर जिसी, र चुडामणि भण्डारीले दरखास्त हालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *