वीरेन्द्रनगरका ३३ जनामा डेंगु


वीरेन्द्रनगर, १ कात्तिक । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको संक्रमण फैलिन थालेको छ । दुई महिनाको अवधिमा वीरेन्द्रनगरका ३३ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । अघिल्ला वर्षको तुलनामा यो दोब्बर भन्दा पनि बढी हो । कोरोना महामारीले आक्रान्त पारिरहेको बेला डेंगुको संक्रमणले यहाँका स्थानीयलाई त्रसित बनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले चालु अवको दुई महिनामा डेंगु रोगको संक्रमण देखिएकाहरु सबै नागरिक वीरेन्द्रनगरका रहेकोे जानकारी दिए ।

डेंग ज्वरोविरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय मानिन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *