राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण
काठमाडौँ, ३० असोज । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार आएको पीसीआर परीक्षण रिपोर्टमा कोभिड – १९ पोजेटिभ देखिएको हो ।
थापा सहित उनको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए ।
थापालाई सामान्य लक्षण देखिएको छ । यद्धपी स्वास्थ्य अवस्था भने सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गरेका छन् ।
सामान्य टाउको दुखेपछि बुधबार पीसीआरका लागि नमूना दिएको उनले बताए । तर, उनकी श्रीमतीमा भने सङ्क्रमण देखिएको छैन ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



