संघ तथा प्रदेश अन्तरगर्तका १८ वटा अस्पताललाई स्याटेलाइट क्लिनिक सञ्चालन गर्न स्वीकृति

3.0k
Shares

काठमाडौं, २७ असोज । संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिन पर्ने भएको छ । ती अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गत आइतबार स्वीकृत गरेको स्याटेलाइट क्लिनिक सञ्चालन सम्वन्धी कार्यविधिका संघका अस्पतालले तत्कालिन अवस्थाका जिल्ला तहका अस्पतालमा कम्तिमा महिनाको एक दिन स्याटेलाइट क्लिनिक चलाउन पर्ने उल्लेख छ ।

यस्तै प्रादेशिक तहका अस्पतालले जिल्ला अस्पताल भन्दा मुनिका अस्पताल (आधारभुत तह)का अस्पतालहरुमा महिनाको कम्तिमा दुई दिन स्टाटेलाइट क्लिनिक चलाई विशेषज्ञ सेवा दिनुपर्नेछ ।

आइतबार पास गरिएको कार्यविधिमा नौ वटा संघीय अस्पताल र नौ वटा प्रादेशिक अस्पताल गरी कुल १८ वटा अस्पताललाई आफ्नो स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने गरी विभिन्न अस्पताल जिम्मा लगाइएको मन्त्रालयका उपसचिव तारानाथ लुइटेलले बताए । उनका अनुसार संघीय अस्पतालले महिनाको एक दिन र प्रादेशिक अस्पतालले महिनाको दुई दिन स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्नेछ । स्थानीय तहका जनताले विशेषज्ञ सेवा पाउन सकुन भन्ने उद्धेश्यले यो कार्यक्रम शुरु गरिएको उनले बताए ।

स्याटेलाइट क्लिनिक चलाउने संघीय अस्पतालहरुमा यसप्रकार छन् :

स्याटेलाइट क्लिनिक चलाउने प्रादेशिक अस्पतालहरु यसप्रकार छन् :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *