पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

196
Shares

काठमाडौँ, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ । शनिबार पीसीआर परीक्षण गर्दा उनमा  कोभिड – १९ संक्रमण देखिएको हो ।

मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘शुक्रबारबाट हल्का ज्वरो आएको महशुस भयो, आज शनिबार परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आएको जानकारी पाएको छु ।,’ उनले आफूलाई हल्का ज्वरो बाहेक अरु समस्या नभएको समेत बताएका छन् ।

मन्त्री भट्टराईले गत सोमबार परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र त्यसपछि उपत्यका बाहिरका केही कार्यक्रममा सहभागी भएको समेत जानकारी गराएका छन् । उनी हिजो बेलुका निवासमा फर्केपछि ज्वरो आएको र आज पीसीआर परीक्षणका लागि नमूना दिएको उल्लेख गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *