एनएमएद्धारा आइतबार आकस्मिक र कोभिड-१९ बाहेकका सेवा बहिस्कार गर्ने घोषणा

432
Shares

काठमाडौँ, २४ असोज । नेपाल चिकित्सक संघ  (एनएमए)ले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । डा गोविन्द केसीको जीवन रक्षामा सरकार गम्भीर नबनेको भन्दै विरोध स्वरुप सेवा बहिस्कार गर्ने निर्णय गरेको संघका महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

गत विहीबार र शुक्रबार डा केसी पक्ष र सरकारपक्षबीच बार्ता चलेको थियो । बार्ता शुरु भएपछि शुक्रबार गर्ने भनेको सेवा बहिस्कारको कार्यक्रम स्थगित गरेको थियो । तर बार्तामा ठोस प्रगति नभएको भन्दै पुन सेवा बहिस्कारको घोषणा गरेको हो ।

विभिन्न छ बुँदे माग अघि सार्दै डा गोविन्द केसी विगत २७ दिनदेखि अनसनमा छन् ।

बार्तामा डा केसीको तर्फबाट नेपाल चिकित्सक संघका बर्तमान अध्यक्ष डा लोचन कार्की र पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा सहित समेत सहभागी छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *