केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौँ, २३ असोज । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ कोरोना संक्रमणमा परेका छन् । विहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा कोभिड – १९ पोजेटिभ देखिएको हो ।
‘केही दिन अघि देखि सामान्य लक्षण देखिएको थियो । पीसीआर परीक्षण गराएँ त्यसको रिपोर्ट हिजो मात्रै आयो,’ उनले भने ।
अहिले उनी केडिसी कोभिड -१९ अस्थायी अस्पतालमा उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



