सरकार र डा गोविन्द केसीपक्षबीच आज बार्ता हुँदै

काठमाडौँ, २२ असोज । सरकारी बार्ता टोली र डा गोविन्द केसीको बार्ता टोलीबीच आज बार्ता हुने भएको छ । केही बेर पछि शिक्षा मन्त्रालयमा बार्ता हुने भएको हो । सरकारी बार्ता टोलीका एक जना सदस्य डा दिलिप शर्माले साढे १० बजे पछि शिक्षा मन्त्रालयमा बार्ता हुने तय भएको बताए ।

यसअघि डा केसीसंग बार्ता गर्न शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा शर्मा सहितको टोली गठन गरेको छ । यता डा केसी पक्षबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा, डा अञ्जनीकुमार झा, डा लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी हुँदैछन् ।

डा केसी अनसन बसेको आज २५ औँ दिन हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *