मंगलबार काठमाडौँ उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण
काठमाडौँ, २० असोज । मंगलबार काठमाडौँ उपत्यकामा थप १ हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या गत साता यताकै कम संक्रमण हो । तर, यो संख्या देशभर आज देखिएको कुल संक्रमणको ६५.५७ प्रतिशत हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ७८३ जना, भक्तपुरमा ११६ जना र भक्तपुरमा ११८ जना गरी कुल १ हजार १७ जनामा संक्रमण देखिएको छ ।
यस्तै पछिल्लो चौविस घण्टामा देशभर ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५५१ जनामा कोरोना संक्रमण देखिएको छ । आज देशभरबाट २ हजार ३४० जना डिस्चार्ज भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



