नेपालमा कोभिड–१९ रोकथामका लागि दातृ निकायले के के सहयोग गरे ?

शरद शर्मा – काठमाडौँ, १९ असोज । सरकारलाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोग प्राप्त गरेको छ । सरकारले जापान, स्विरजरल्यान्ड, जर्मन, विश्व बैंक, एसियाली विकास बैंक, विश्व स्वास्थ्य सङ्गठन, चीन, भारतलगायत देशबाट आर्थिक सहयोग तथा स्वास्थ्य सामग्री प्राप्त गरेको छ ।

कुनै देशले आर्थिक सहयोग र कुनैले कोभिड–१९ को परीक्षण गर्ने सामग्री प्रदान गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार कुनै देशले उपलब्ध गराउने आर्थिक सहयोग अर्थ मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालय आइसकेको छ भने कुनै रकम आउन बाँकी रहेको छ ।

कसले के कति सहयोग गरे ?

जापान सरकारले अक्सिजन मेसिन, अल्ट्रासाउन्ड मेसिन र छ वटा एम्बुलेन्स प्रदान गरेको छ ।

यस्तै स्विस सरकारले ६० हजार पिसिआर किट, भारत सरकारले ३० हजार पिसिआर किट र २० हजार रेम्डिसिभियर खोप प्रदान गरेको छ । भारतले ३० वटा एम्बुलेन्ससमेत प्रदान गरेको उनले जानकारी दिए । यस्तै जर्मन सरकारले १३ वटा अस्पतालको फोहर व्यवस्थापनका लागि काम गरिरहेको छ ।

जनसङ्ख्या तथा समन्वय महाशाखा प्रमुखसमेत रहनुभएका डा पोखरेलले जर्मन सरकारले प्रदान गर्ने भनेको रु एक अर्ब आउने भने बाँकी रहेको बताए । अर्थ मन्त्रालयबाट उक्त रकम स्वीकृत भइरहेको उनले जानकारी दिए ।

यसैगरी चीन सरकारले पनि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सहयोग प्रदान गरेको छ । चीन सरकारले व्यक्तिगत सुरक्षा कवच ९पिपिई०, पिसिआर किट प्रदान गरेको छ । चीन सरकारले रु २४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

विश्व बैंक र एसियाली विकास बैंकले नेपाललाई समेत सहयोग प्रदान गर्ने भएका छन । दुवै बैंकले रु २० करोडका दरले प्रदान गरेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेलले जानकारी दिए । दुवै बैंकले अनुदान र ऋणका लागि उक्त रकम प्रदान गरेका हुन् । अनुदानको रकम यही डिसेम्बरसम्मका लागि खर्च गरिसक्नुपर्ने छ ।

सरकारले गत जेठ महिनामा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि करीब रु आठ अर्ब ३९ करोडको हिसाब सार्वजनिक गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी कविता फुयाालका अनुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पु¥याउन कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न सहयोग गर्ने व्यक्ति वा सङ्ख्याबाट करीब रु दुई अर्ब ७६ करोड ६९ लाख सात हजार १७७ सङ्कलन भएको छ ।

यस्तै विश्व स्वास्थ्य सङ्गठन कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ । कन्ट्याक्ट ट्रेसिङ, प्रयोगशाला स्थापना, सूचना प्रविधिलगायतमा सङ्गठनले सहयोग गर्दै आइरहेको मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेलले बताए । डव्लुएचओले अहिले सातवटा भेन्टिलेटर र केही पिसिआर रिएजेन्टसमेत प्रदान गरेको छ ।

चीनको वुहान शहरबाट आएका विद्यार्थीमा नेपालमा पहिलोपटक २०७६ साल माघ १० गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ८६ हजार ८२३ सङ्क्रमित फेला परेका छन् भने ६४ हजार ६९ जना सङ्क्रमणबाट निको भएर घर फर्किसकेका छन् । हालसम्म निको हुने दर ७३ दशमलव ०७ प्रतिशत रहेको छ । यसैगरी ५३५ को सङ्क्रमणबाट निधन भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *