एकैदिन ३३०७ जनाले जिते कोरोना, संक्रीय संक्रमितको संख्या घट्यो

 

काठमाडौँ, १६ असोज । पछिल्लो चौविस घण्टामा ३ हजार ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यति धेरै व्यक्ति एकै दिन कोरोनामुक्त भएको यो पहिलो पटक हो ।

यो संगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । आज कोरोना मुक्त हुनेको संख्या बढी हुँदा संक्रीय संक्रमितको संख्या हिजोको तुलनामा घटेको छ । हिजो कुल संक्रीय संक्रमितको संख्या २१ हजार ८३० पुगेको थियो । हिजोको तुलनामा आजको संख्या ५९६ जनाले कम छ । आज संक्रीय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

त्यसो त आज नेपालमा एकै दिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको दिन पनि हो । कुल १४ हजार ७३९ जनाको परीक्षण गर्दा २ हजार ७२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै उपत्यकामा आज एक दिनमा १ हजार ६३८ जनामा कोरोना देखिएको छ । यो संक्रमण संख्या देशभर देखिएको कुल संख्याको ६० प्रतिशत हो । र, उपत्यकामा एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *