पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो

144
Shares

काठमाडौँ, १३ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकरी अनुसार मृत्यु हुनेमा ६ जिल्लाका ३ महिला र ७ जना पुरुष हुन् । जसमा सर्लाहीकी ७२ वर्षीया, काठमाडौँकी ५७ वर्षीया, बाँकेकी ७६ वर्षीया महिला, मोरङका ७८ वर्षीय, महात्तरीका ५८ वर्षीय, काठमाडौँका ६० र ७० वर्षीय, चितवनका ५५ वर्षीय, काँकेका ५३ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १५ सय १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ७३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *