काठमाडौँ उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण


काठमाडौँ, १३ असोज । काठमाडौँ उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ७४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ११४ जनामा कोरोना संक्रमण देखिएको हो ।उपत्यकाको आजको संक्रमित संख्या अहिलेसम्मकै धेरै हो ।

आज देशभर १ हजार ५१३ जनामा संक्रमण देखिएको छ । यस्तै पछिल्लो चौविस घण्टामा ७३१ जना कोरोना मुक्त भएका छन् ।

यसैगरी आज कोरोनाबाट मृत्यु हुनेको संख्या १० रहेको मन्त्रालयले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *